सप्तरङ्गी एफ.एम. दमक/साउन २६/
अष्ट्रेलियन एम्बेसीको सहयोगमा दमक ९ शरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत अटिजम भएका बिद्यार्थिहरुलाई बिभिन्न शैक्षिक सामाग्रिहरु हस्तान्तरण गरिएको छ । एसएनजेडी नामक गैह्रसरकारी संस्थाको समन्वयमा अष्ट्रेलियन एम्बेसीबाट प्राप्त करिब तिन लाख रुपैयाँ मुल्य बराबरका शैक्षिक सामाग्रिहरु आज एक कार्यक्रमका विच बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।


बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरी (गगन) को अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराईले अटिजम हुनु कसैको दोस र गल्ती भन्दा पनि यो एउटा फरक पना भएको बताउनु भयो । अटिजमको समस्य जो कसैलाई पनि हुन सक्ने भन्दै उहाँले यस्ता बालबालीकालाई भेदभाव भन्दा पनि फरक किसिमको खान पान र रहन सहन आवस्यक भएको बताउनु भयो । 


कार्यक्रममा अटिजम अभिभावकका तर्पबाट बोल्दै भोला बरालले अटिजम भएका बालबालीकाका अभिभावकलाई पनि तालिमको आवस्यकता भएकोले तिनै तहका सरकारहरुले यस बिषयमा कार्यक्रम बनाउनु पर्ने बताउनु भयो । अटिजमको समस्यालाई अहिले कतिपयले ब्यापार गर्ने बिषय बनाएको भन्दै उहाँले यसमा स्थानिय सरकारले ध्यान दिनु पर्ने र सामान्य आम्दामी भएकाहरुलाई निशुल्क उपचार र शिक्षाको ब्यवस्था हुनु पर्ने बताउनु भयो । 
कार्यक्रममा सहयोगी संस्था एसएनजेडीका कार्यक्रम सम्योजक कुमार चुडालले अटिजम एउटा समाजिक समस्या भएकोले सबै पक्षको सहोगबाट मात्रै यसलाई सहज बनाउन सकिने बताउनु भयो । अटिजम भएका बालबालीकाका अभिभावककालागी पनि आफुहरुले प्रशिक्षण गर्न लागेको भन्दै उहाँले यसमा बिषेश गरी स्थानिय सरकार गम्भिर बन्नु पर्ने बताउनु भयो ।


Source: https://saptarangifm.com/news-details/3311/2023-08-11?fbclid=IwAR3cRJQ8DdlbpbBeI-9IoEZ5MDkrZEMPeWWjYjHqWLjKzWiW6LzWCGMlPks