अटिजम सम्बन्धि दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

अटिजम सम्बन्धि दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

परिवेश मिडिया २०८० माघ २९ गते , सोमबार बिर्तामोड । झापाको बिर्तामोडमा अटिजम सम्बन्धि दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।अष्ट्रेलियन दुतावासको आर्थिक सहयोगमा न्याय र विकासका लागि सामाजिक सञ्जाल झापाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको पहिलो दिन माघ २८ गते अटिजम भएका बालबालिकाका अभिभावकहरुलाई अटिजमका लक्षण, उनीहरुले देखाउने व्यवहार आदिको बारेमा जानकारी दिइएको थियो  अटिजम केयर नेपाल सोसाइटीका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बज्राचार्यले कार्यक्रममा सहजीकरण गरेका थिए ।पछिल्लो समय अटिजम भएका बालबालिकाहरुको संख्या बढिरहेको विभिन्न अध्ययनहरुको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।अटिजम कुनै रोग, मानसिक तथा बौद्धिक अपाङ्गता नभई यो मानिसको अवस्था भएको बताइएको छ । अटिजम भएका बालबालिकाहरुमा फरक फरक क्षमता हुने र उनीहरुलाई छुट्टै किसिमको हेरचाह र व्यवहार आवश्यक भएको जानकारी दिइयो ।अटिजम भएका बालबालिकाहरुको व्यवहारमा अभ्यासको माध्यमबाट फरकपन ल्याउन सकिने भएपनि जीवनभर उनीहरुलाई सहाराको आवश्यकता हुने बज्राचार्यले बताए । कार्यक्रमको दोस्रो दिन सोमबार स्थानीय तहका प्रमुख, उपप्रमुख, डाक्टर, कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको थियो ।पछिल्लो समय ३६ जना बालबालिकामा एक जनामा अटिजम हुने सम्भावना रहेको जानकारी दिँदै सहजकर्ता बज्राचार्यले अटिजम भएका बालबालिकाहरुलाई राज्यले नै नीति बनाएर छुट्टै किसिमको सेवा तथा वातावरण तयार गर्नु पर्ने बताए ।पालिकाहरुले अपाङ्गता परिचय पत्र वितरणमा समस्या भएको सहभागीहरुले बताए ।अभिभावकहरुले शारीरिक दुर्बलताका आधारमा नहेरी अटिजम जटिल अवस्था भएकाले उनीहरुलाई रातो कार्ड दिइनुपर्ने धारणा राखेका थिए । बच्चाले उमेर अनुसार व्यवहार गरेन भने, आफुलाई आवश्यक सामान अरुको हातले देखाएर माग्न थाल्यो भने, आवाजसँग दिग्दारी मान्यो भने, बोलाउँदा आँखा जुधाएन वा नसुने जस्तो गर्यो भने अटिजम भएको हुनसक्ने भएकाले डाक्टरसँग परामर्श गर्नु पर्ने बज्राचार्यले जानकारी दिए ।सानै उमेरमा अटिजम पहिचान गर्न सकियो भने उनीहरुको व्यवहारमा परिवर्तन ल्याई जीवन सहज बनाउन सकिने भएकाले स्थानीय तहका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले अटिजम पहिचानका लागि तालिम लिन जरुरी रहेको उनले बताए । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले अटिजम जटिल अवस्था भएको र यो संख्या बढिरहेकाले यसका लागि आवश्यक कदम जरुरी रहेको बताइन् ।अटिजमका बारेमा समाजले राम्रोसँग बुझ्न सके त्यस्ता बालबालिकालाई गर्ने व्यवहारमा एकरुपता हुने उनले बताइन् । कार्यक्रममा १२ वटा पालिकाका जनप्रतिनिधीहरु र सबै पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई न्याय र विकासका लागि सामाजिक सञ्जाल झापाका कार्यक्रम संयोजक कुमार चुँडालले स्वागत गरेका थिए भने कार्यक्रम अधिकृत रञ्जन धमलाले सञ्चालन गरेका थिए ।   Sources: https://paribeshmedia.com/news/1707743400?fbclid=IwZXh0bgNhZW0CMTAAAR1rBtjvgPTPTwGvKDNoh9214_1XHysd0hQgfKptMON3oKDesrrLBL2spgs_aem_AY9pWeFnecXkNqLtjDoTG09lHJ-rLl37WjNAZ8cFZ3-CGEN3rmoZQZJLr6T1icB4OAPMnVDhZAu-HiLAH3he_NQV

अष्ट्रेलियन एम्बेसीको सहयोगमा शरस्वती माबिका अटिजम भएका बिद्यार्थिहरुलाई तिन लाख रुपैयाँ बराबरका शैक्षिक सामाग्रिहरु हस्तान्तरण

अष्ट्रेलियन एम्बेसीको सहयोगमा शरस्वती माबिका अटिजम भएका बिद्यार्थिहरुलाई तिन लाख रुपैयाँ बराबरका शैक्षिक सामाग्रिहरु हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/साउन २६/अष्ट्रेलियन एम्बेसीको सहयोगमा दमक ९ शरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत अटिजम भएका बिद्यार्थिहरुलाई बिभिन्न शैक्षिक सामाग्रिहरु हस्तान्तरण गरिएको छ । एसएनजेडी नामक गैह्रसरकारी संस्थाको समन्वयमा अष्ट्रेलियन एम्बेसीबाट प्राप्त करिब तिन लाख रुपैयाँ मुल्य बराबरका शैक्षिक सामाग्रिहरु आज एक कार्यक्रमका विच बिद्यालयलाई हस्तान्तरण गरिएको हो । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरी (गगन) को…

मानव अधिकार रक्षकलाई तालिम

मानव अधिकार रक्षकलाई तालिम

बिर्तामोड । लुथरन विश्व फेडेरेशनको सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापा(एसएनजेडी) र मानव अधिकार सञ्जाल झापाको संयुक्त आयोजनामा मानव अधिकारको अवधारणा र मानव अधिकार रक्षकहरुको भूमिका विषयक एक दिवसिय तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।  झापाका १५ वटै स्थानीय तहका  मानव अधिकार रक्षकहरुको सहभागिता रहेको तालिमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश अध्यक्ष…

नव निर्वाचित प्रतिनिधिहरुलाइ योजना तर्जुमा बिषयक अभिमुखिकरण

नव निर्वाचित प्रतिनिधिहरुलाइ योजना तर्जुमा बिषयक अभिमुखिकरण

असार ३ गौरीगञ्ज । गौरीगञ्जका नवनिर्वाचित जनप्रतिनिधिहरु लाइ सरकारी निति प्रावधान तथा योजना तर्जुमा बिषयक एक दिने अधिमुखिकरण तालिम दिइएको छ । एसएनजेडी नामक गैर सरकारी सँस्थाले आयोजना गरेको अभिमुखिकरण तालिममा बिकास तथा आयोजनाको सँबन्ध तथा बिकास आयोजना छनौटको चरण देखि सम्यन्न हुँदा सम्मका सरकारी प्रावधानहरुको बारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रमलाइ गौरीगञ्ज गाउँपालिकाका पुर्व…

विपन्न समुदायको जीवनस्तर उकास्न बगरमा खेती

विपन्न समुदायको जीवनस्तर उकास्न बगरमा खेती

झापा । कचनकवल गाउँपालिकाका अतिविपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने उद्देश्यले नदी उकास जमिनमा खेती सुरु गरिएको छ । पालिकाको वडा नं ५ स्थित पाठामारीका एक सय १५ परिवारलाई समेटेर मेची नदीको बगरमा खरबुजा, काँक्रो खेती सुरु गरिएको हो । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) र पालिकाको सहकार्यमा बगरको १७ बिघा जमिनमा विपन्न र…